बालिका बलात्कारकाविरुद्ध पोखरामा उर्लियो मानवसागर

आजको खबर   |    प्रकाशित : २०७५ असोज १० गते १२:४१

विजय नेपाल
पोखरा। पोखरा महानगरपालिका वडा २२, भुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २७ वर्षीय कुसुम पौडेल पक्राउ परेका छन्। कास्की प्रहरीले उनलाई घटनाको २ दिन नबित्दै पक्राउ गरेको होे।

सोमबार साँझ बिस्कुट किन्न जान्छु भनी घरबाट पसल गएकी श्रेया घर नफर्केपछि उनको आफन्तले खोजी सुरु गरेका थिए। उनी हराएको भोलिपल्ट मंगलबार बिहान घर नजिकै झाडीमा उनको शव फेला परेको थियो।

शवको प्रकृति हेर्दा बलात्कार पछि हत्या भएको अनुमान गरेको प्रहरीले शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा सोही दिन पठाएकोमा पोष्टमार्टममा सो अनुमान सत्य निस्केपछि स्थानीयले अपराधीलाई फाँसीको सजाय हुनुपर्ने माग गर्दै पोखरामा बिरोध प्रदर्शन गरेका छन्।

पुम्दीबाट बिहान आएको गाउँलेको बिरोध (याली जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै विभिन्न नाराबाजी गरेका थिए। बलात्कारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका कुसुमले अभियोग स्वीकार गरेको प्रहरीले जनाएको छ। उनी विदेशबाट केही महिना अघिमात्र घर फर्केका थिए।

मृतक श्रेया स्थानीय लीला आधारभूत विद्यालयमाकक्षा ३ अध्ययन गर्थिन्।

२०७५ असोज १० गते १२:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर