शव जलाउने विषयले रौतहट तनावग्रस्त : प्रहरीद्धारा २० राउण्ड हवाई फायर

आजको खबर   |    प्रकाशित : २०७५ असोज १० गते १२:४७

काठमाडौँ । शव जलाउने बिषयलाई लिएर बिवाद हुँदा रौतहटमा झडपको स्थिती सिर्जना भएको छ। रौतहटको श्रीपुरमा झडप भएको प्रहरीले जनाएको छ ।

झडपको स्थिती सिर्जना भएपछि प्रहरीले नियन्त्रणमा लिन हवाई फायर समेत गरेको छ । दर्जनौ राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार भएको स्थानीयले बताएका छन् ।

रौतहटको गरुडा ९ श्रीपुरमा स्थानीय वासिन्दाबीच झडप हुँदा प्रहरीले २० राउण्ड हवाई फायर गरेको छ । रौतहट स्थित गरुडाको वाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवाद भई झडप भएपछि नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो । प्रहरीले झडप रोक्न २० राउण्डभन्दा बढी अश्रुग्यास पनि हानेको छ ।

झडप रोक्न गरुडामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ । झडपका क्रममा केही गाउँले घाइते भएका छन् । झडप नियन्त्रणमा खटिएका केही प्रहरीसमेत घाइते भएका छन्।

२०७५ असोज १० गते १२:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर