दसैंको अग्रीम टिकट सहज रुपमा उपलब्ध गराउन सरकारलाई निर्देशन

आजको खबर   |    प्रकाशित : २०७५ असोज १० गते १३:२७

काठमाडौं। संघीय संसदको विकास तथा प्रविधि समितिले दशैंको अग्रिम टिकट सहज रुपमा उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सर्वसाधारणलाई दशैंको अग्रिम टिकट सहज रुपमा पाउने व्यवस्था गर्न भौतिक पूवाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।

दशैंको अग्रिम टिकट बुकिङ सहज नभएको सर्वसाधारणले गुनासो गरेपछि त्यसलाई तत्काल सहज बनाउन सरकारलाई सचेत गराइएको समितिका सभापति कल्याणी खड्काले जानकारी दिइन्। तोकिएको मूल्यभन्दा बढिमा टिकट बिक्री गरे त्यस्ता व्यवसायीमाथि कडा कार्वाही गर्न पनि समितिले सरकारलाई सचेत गराएको छ।

समितिले सडक सुरक्षाको उचित व्यवस्था गर्न पनि सरकारलाई भनेको छ। चाडबाडका बेला नागरिकको सुरक्षालाई ध्यानमा राखेर क्षमताभन्दा बढि यात्रु नराख्न पनि सरकारलाई सचेत गराइएको सभापति खड्काले बताइन्। समितिले सडक सुरक्षालाई ध्यानमा राखेर देशभर ट्राफिक प्रहरी परिचालन गर्न पनि सरकारालाई निर्देश गरेको छ।

समितिले चाडपर्वका बेला भएकाले यात्रुको सुरक्षालाई ध्यानमा राखेर लामो दुरीका सवारी साधनमा २ वटा चालकको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ। त्यसैगरी थोत्रा सवारी साधन चलाउन नदिन कडा निगरानी राख्न पनि समितिले सरकारलाई सचेत गराएको छ।

२०७५ असोज १० गते १३:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर