वसन्तपुरमा भैरवको मूर्तिबाट आएको ‘जाँड’ पिउन महिलाहरुको तछाडमछाड, हेर्नुस् पाँच तस्वीर

आजको खबर   |    प्रकाशित : २०७५ असोज ११ गते ३:३१

काठमाडौँ। गत शुक्रबारबाट सुरु भएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा जारी छ।

८ दिने लामो जात्राको छैठौँ दिन बुधबार साँझ वसन्तपुरस्थित श्वेत भैरवको मन्दिरमा विशेष दृश्य देखियो। बुधबार साँझ श्वेत भैरवको मन्दिर परिसरमा महिलाहरुको विशेष घुँइचो थियो।

उनीहरुले श्वेत भैरवको मुखबाट आएको जाँडलाई प्रसादको रुपमा पिए।

करिब ७ वर्ष अगाडि सम्म पुरुषहरुको मात्र सहभागि हुने यस पर्वमा अहिले आएर समावेशीका लागि महिलाहरुलाई पनि सहभागि हुने व्यवस्था मिलाइएको हो। प्रत्येक वर्ष इन्द्रजात्राको छैठौं दिन श्वेत भैरबको मूर्तिबाट प्रसादको रुपमा बगेर आउने जाँड पिउन महिलाहरुका लागि छुट्याइएको हो।

सबै तस्वीरः आर्यन धिमाल

२०७५ असोज ११ गते ३:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर