वैदेशिक रोजगार रहर की बाध्यता? भदौमा मात्रै ३० हजार बढी युवा विदेशिए

आजको खबर   |    प्रकाशित : २०७५ असोज ११ गते ४:२७

निर्मला घिमिरे

काठमाडौं। वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या बढेको बढ्यै छ। वैदेशिक रोजगारका लागि भदौ महिनामा मात्रै ३१ हजार ४ सय ८८ जना नेपाली युवा विदेशिएका छन्। नेपाली युवको रोजगारको प्रमुख गन्तव्य मुलुक कतार बनेको छ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार नेपाली युवाको प्रमुख गन्तव्य कतारपछि युएई, साउदी अरब, मलेसिया, पोल्याण्ड, ओमान, कुबेत, जापान, माल्दिभ्स, माल्टा, बहराइन लगायतका मुलुुक रहेका छन्।

सबैभन्दा बढी कतारका लागि ११ हजार ३ सय ६५ जना नेपालीले कतारका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। कतार पछि दोस्रो गन्तव्य मुलुकका रुपमा युएईका लागि ६ हजार ७ सय ७० जना नेपालीहरुले अन्तिम श्रमस्वीकृति लिएर विदेशिएका छन्।

साउदी अरबका लागि ५ हजार ७ सय ७१, मलेसियाका लागि ३ हजार २ सय ५१, बहराइनका लागि ६ सय ४८ जना, माल्दिभ्सका लागि २ सय ५ जना र माल्टाका लागि १ सय भन्दाबढी नेपाली कामदारहरुले अन्तिम श्रमस्वीकृति लिएर विदेशिएका छन्।

व्यक्तिगत भन्दा संस्थागत श्रम स्वीकृत लिनेको संख्या बढी
तुलनात्मक रुपमा गत महिनामा व्यक्तिगत भन्दा संंस्थागत वा मेनपावर कम्पनीमार्फत श्रम स्वीकृति लिनेको संख्या बढी छ। विभागको तथ्यांक अनुसार मेनपावर कम्पनीमार्फत १४ हजार ५ सय ९४ जना पुरुष र १ हजार २ सय ६५ जना महिला गरेर जम्मा १५ हजार ८ सय २९ जना नेपालीकामदारहरुले श्रम स्वीकृत लिएका छन्।

पुरुष र ५ सय ९७ जना महिला, व्यक्तिगत मार्फत श्रम स्वीकृत नविकरण ५ सय ३४ पुरुष र १ सय २३ महिला त्यसैगरी व्यक्तिगत मार्फत नै कानुनी प्रमाणीकरण गरी श्रमस्वीकृत १ हजार ४३ पुरुष र १ हजार १ सय ४० गरि कुल १५ हजार ६ सय ५९ जना व्यक्तिगत मार्फत विदेशिएका छन्।

गत महिनामा विदेशिने नेपाली कामदारमा सवैभन्दा बढी केही सीप नभएका अदक्ष नेपाली महिला तथा पुरुष कामदार विदेशिएका छन्। अदक्ष कामदारको रुपमा ६० प्रतिशत भन्दा बढी विदेशिएका छन्। जसमा १६ हजार ८ सय ५७ जना पुरुष र १ हजार २ सय ९ जना महिला कामदार छन्। व्यबसायिक कामको लागि महिनाभरिमा ३३ जना पुरुष कामदार मात्र विदेशिएको तथ्यांंकले देखाएको छ।

उच्च दक्षता भएका पुरुष २१ जना र महिला २ जना गरि २३ जना विदेशिएका छन्। अर्धदक्षता भएका २ हजार २ सय ३९ जना पुरुष र २ सय ७६ जना महिला गरी २ हजार पाँचसय १५ जना विदेशिएका छन । दक्ष नेपाली युवाहरु १० हजार २ सय ९२ जना पुरुष र ५ सय ६५ जना महिला गरी १० हजार ८ सय ५७ वैदेशिक रोजगारको लागि भदौ महिनामा मात्रै गएको तथ्यांकमा उल्लेख छ।

अदक्ष कामदार विदेसिँदा उनीहरुले विदेशी भूमिमा गर्नु पर्ने कठीन परिश्रम र श्रम गरेबापत पाउने थोरै पारिश्रमिक त्यसमाथि भाषागत समस्याले गर्दा अदक्ष कामदार नै विदेशी भूमिमा बिना गल्ती जेल जीवन बिताउन बाध्य छन्।

कतिपय मृत्युदण्ड सुनाइएका पनि छन्। धेरै अदक्ष नेपाली कामदार नै एउटाकाममा भनेर अर्को काम गर्न पठाइने समस्याले समेत ठगीमा परेका छन्। तर सीप सिकेर वैदेशिक रोजगारको लागि गएका कामदारको लागि भने वैदेशिक रोजगारको यात्रा सहज बन्ने गरेको छ। आफ्नो सीपको आधारमा काम र त्यसै अनुसारको पारिश्रमिक समेत राम्रो पाउँछन्।

ड्राइभिङ कामको लागि कतार पुगेर फर्किदै गर्दा राजधानीमा भेटिएका गुल्मीका धनन्जय पौड्याल कतारमा आफ्नो सीप अनुसारको काम र कमाइ पनि राम्रो भएको मासिक कतारी रियाल ५ हजार भन्दाबढी अर्थात नेपाली १ लाख ५० हजार भन्दा बढी कमाइ हुने गरेको बताउँछन्।

ब्युटीसियन सिकेर दुबई पुगेकी काभ्रेकी दिलकुमारी थापा आफ्नो काम र कमाइ राम्रो भएको बताउँछिन्। उनको कमाइ मासिक नेपाली रु ८० हजार भन्दा बढी नै हुने गरेको उनले बताइन्। सीप सिकेर विदेशिएकाले खाडी लगायतका मुलुकमा नै राम्रो कमाइ गर्दै आएका छन्।

२०७५ असोज ११ गते ४:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर