समुद्रको गहिराइमा भेटियो ४०० वर्ष पुरानो रहस्य

आजको खबर   |    प्रकाशित : २०७५ असोज ११ गते १३:०६

लिस्बन। वैज्ञानिकहरुले पोर्चुगलको सीमाक्षेत्रको समुद्रबाट ४ सय वर्ष पुरानो रहस्य खोजेका छन्। पोर्चुगलको राजधानी लिस्बन नजिकै समुद्रभित्र ४०० वर्ष पहिले डुबेको पानीजहाजको अवशेष भेटिएको हो । यो अवशेष समुद्र सतहबाट ४० फिटको गहिराइमा भेटिएको हो। भारतबाट लिस्बन जाँदै गरेको यो जहाज १५७५ देखि १६२५ को बीचमा समुद्रमा डुबेको अनुमान गरिएको छ।

गोताखोरहरुले जहाजको अवशेषमा ठूलो मात्रामा मरिच, चाइनिज माटोका भाँडाहरु र कौडीहरु भेटेका छन् । कौडीको प्रयोग त्यतिबेला अफ्रिकाको केही भागमा गुलामहरु किनबेच गर्दा पैसाको रुपमा गरिन्थ्यो । यो खोजसँग जोडिएका जर्ज फ्रियरले संरक्षणको हिसाबले यसलाई दशकको सबैभन्दा ठूलो खोज भएको बताएका छन् । उनका अनुसार जहाजको अवशेषमा काँसका तोपहरु पनि भेटिएका छन् जसमा पोर्चुगलको चिन्ह बनेको छ । यही चिन्ह पोर्चुगलको अहिलेको झण्डामा पनि छ।

फ्रियरका अनुसार पानीभित्र खोज अभियानको क्रममा यही ३ सेप्टेम्बरमा जहाजको अवशेष भेटिएको हो। यो खोजमा उनीहरुलाई नोभा युनिभर्सिटी, पोर्चुगल सरकार र यहाँको जलसेनाले सहयोग गरेका थिए। यो जहाज भारतको कुन क्षेत्रबाट मसला लिएर गएको थियो भन्ने खुलेको छैन। मानिन्छ कि त्यतिबेला दिल्ली सल्तनतबाट मुगलको कब्जा हटेको थियो र त्यहाँ राजपुत शक्तिशाली बन्दै दिल्लीमाथि कब्जा गरेका थिए । यही समयमा शिख धर्मको सुरुवात भएको थियो।

२०७५ असोज ११ गते १३:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर