१ सय ३५ दिनमा ७९ बैठक बसेर सकियो संसद अधिवेशन

आजको खबर   |    प्रकाशित : २०७५ असोज ११ गते १३:२८

काठमाडौं । संघीय संसदको दोश्रो अधिवेशन विहीबार सकिएको छ। विहीबारको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्ण बहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनदै विहिबार रातीदेखि संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको दोश्रो अधिवेशन अन्त्य हुने घोषणा गरे।

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आव्हान र अन्त्य गर्ने व्यवस्था छ। दोश्रो अधिवेशन अन्र्तगत २०७५ बैशाख २३ गते आईतबार पहिलो बैठक बसेको प्रतिनधिसभा बैठक असोज ११ गते सम्म गरि जम्मा १ सय ३५ दिन चालु रह्यो।

यो अवधिमा संसदको ६९ दिनमा ७९ पटक बैठक बसेको थियो। यो अधिवेशनले चालु आर्थिक २०७५/७६ को सरकारको नीति तथा कार्यक्रम पास गर्नुको साथै कर प्रस्ताव वाहेक विनियोजन विधेयक माथि छलफल गरि सर्वसम्मपति पास गरेको थियो।

यो अधिवेशनमा विभिन्न २६ वटा सरकारी विधेयक दर्ता भएकोमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ सम्बन्धीत मन्त्रालयमा फिर्ता भएको छ। दर्ता भएका विधेयक मध्ये १८ वटा विधेय संघीय संसदका दुवै सदनबाट पास भईसकेका छन्।

त्यसैगरी ६ वटा विधेयक सम्बन्धीत समितिमा विचाराधिन छन् भने राहदानी विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा सन्देश पठाईएको छ। राष्ट्रियसभामा उत्पति भई प्रतिनिधिसभामा पेश भएका विभिन्न ७ वटा विधेयक मध्ये ५ वटा विधेयक पारित भईसकेको छ। बांकी दुई विधेयक राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल भएको छ।

प्रतिनिधिसभामा नियमावलीमा भएको व्यवस्था अनुसार गत भदौ १८ गतेबाट मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सुरु गरेको थियो। यो अधिवेशनले केही अध्यादेशलाई स्वीकृत गर्नुको साथै विभिन्न अन्तराष्ट्रिय सम्झौता सम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ।

त्यसैगरी विभिन्न संवैधानिक निकायका बार्षिक प्रतिवेदन पनि यो अधिवेशमान बैठकमा पेश भएका छन्। यो अधिवेशनमा प्रतिनिधिसभाले महिला हिंसा विरुद्धको संकल्प प्रस्ताव सर्वसम्मति पास गरेको थियो।

२०७५ असोज ११ गते १३:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर