३८ क्विन्टल सुनकाण्डमा मुछिएका पूर्वडिआईजीलाई साधारण तारेखमा रिहा

आजको खबर   |    प्रकाशित : २०७५ असोज ११ गते १३:५१

मोरङ। उच्च अदालत, बिराटनगरले सुनकाण्डमा जोडिएका अर्का पुर्वडिआईजीलाई छाड्न आदेश दिएको छ।

३८ क्वीन्टल सुन तस्करी प्रकरण सँग जोडिएका पूर्वडिआईजी गोविन्दप्रसाद निरौलालाई अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो।

बिहीबार उच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र जनक पाण्डेको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो।

१० वैशाखमा पक्राउ परेका निरौलालाई ८ जेठमा जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

२०७५ असोज ११ गते १३:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर