विदेशमा ज्यान गुमाउने नेपालीको संख्या बढ्दो, दुई महिनामा १ सय ३३ वटा शव आए

आजको खबर   |    प्रकाशित : २०७५ असोज १२ गते ३:५८

निर्मला घिमिरे
काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको संख्या बढ्दै गएको छ। वैदेशिक रोजगारका लागि गएका नेपाली युवा दिनानुदिन बाकसमा फर्किने क्रम बढेसँगै थप पीडा बढेको हो।

वैदेशिक रोजगारको क्रममा गत साउन र भदौमा मात्रै १ सय ३३ वटा शवलाई वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले उनीहरुको घर ठेगानसम्म पु¥याएको छ। यो तथ्यांक बोर्डले मृतकको शव घरसम्म पुर्याएको तथ्यांक मात्रै हो। कतिपय मृतकको शव आफन्तले नै घरसम्म पु¥याउने भएकाले उक्त तथ्यांक भने बोर्डमा हुँदैन्। यस कारण पनि वैदेशिक रोजगारको क्रममा मृत्यु भएर बाकसमा फर्किने नेपालीको संख्या अझै बढी हुन सक्ने बोर्डको अनुमान छ।

वोर्डले नै घरसम्म पु¥याइएका शवहरुको तथ्यांक मात्रै वैदेशिक रोजगारको क्रममा मृत्यूभएर बाकसमा फर्किनेहरुको वास्तविक संख्या नभएको वोर्डकी प्रवक्ता पवित्रा घिमिरेले बताइन।

उनले मृतकको शव कतिपय अबस्थामा वोर्डलाई नै जानकारी नभइ मृतकका आफन्तहरुले बुझ्ने गरेकाले उक्त तथ्यांक वोर्डमा नहुने उनले बताइन्। कतिपय शव त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट सिधै पशुपति आर्यघाटसम्म आफन्तले नै लैजाने गरेको हकमा पनि त्यो तथ्यांक वोर्ड सँग नहुने हुदाँ वैदेशिक रोजगारको क्रममा बाकसमा फर्किनेको संख्या अझै बढी हुने उनको दाबी छ।

वोर्डको तथ्यांक अनुसार मात्रै पनि धेरै आश बोकेर विदेशिएका नेपाली युवाहरु लाश बनेर नेपाल फर्किन बाध्य छन्।

सबैैभन्दा बढी साउदी अरबबाट शव आए
वोर्डको तथ्यांक अनुसार दुई महिनाको अबधिमा सबैभन्दा बढी साउदी अरबबाट ४० जना नेपाली युवाहरुको शव आएको नेपाल आएका छन्। त्यसपछि मलेसियाबाट ३२ वटा शव र कतारबाट ३० वटा शव नेपाल आएका छन् । संयुक्त अरब इमिरेट्सबाट १६ वटा, दक्षिण कोरियाबाट ६ वटा, कुवेतबाट ५ वटा, बहराइनबाट २ वटा र बंलादेश र ओमानबाट १/१ वटा गरि जम्मा १ सय ३३ वटा शवहरु नेपाल आएका छन् । मृत्यूहुनेमा धेरैजसो पुरुषहरुको छन्। दुईमहिनाको अबधिमा वैदेशिक रोजगारको क्रममा मृत्यू भएर वोर्डले सम्बन्धीत घर ठेगान सम्म पु¥याएको तथ्यांकमा एकजना मात्रै महिला रहेको उल्लेख छ ।

बोर्डका अनुसार नेपालीहरुको शव विदेशबाट दिनानुदिन जसो आउने गरेका छन्। बोर्डले दिएको जानकारी अनुसार धेरै कामदारहरु कार्यक्षेत्रमा नै ज्यान गुमाउने, कतिपय सुतिरहेको अबस्थामा पनि मृत भेटिने र आत्महत्या लगाएतका विभिन्न कारणबाट विदेशमा नेपाली कामदारहरुको मृत्यू हुने गरेको छ।

डिसी नेपालबाट साभार

२०७५ असोज १२ गते ३:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर