डा.गोविन्द केसीद्धारा शिक्षा मन्त्री पोखरेलको राजीनामा माग

आजको खबर   |    प्रकाशित : २०७५ असोज १२ गते १३:५०

काठमाडौँ। वरिष्ठ चिकित्सक गोविन्द केसीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन्।

वरिष्ठ चिकित्सक केसीले प्रधानमन्त्री केपी ओलीसँग गरिएको सम्झौंता अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन अवरोध गरेको दावी गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको राजीनामा माग गरेका हुन्।

शुक्रबार महाराजगंजस्थित शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी उनले प्रधानमन्त्री ओली स्वयम्को पहलमा गरिएको सम्झौंता अनुसारको विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित गराउन अवरोध पु-याएकाले मन्त्री पोखरेलले पदमा रहिरहनु शोभनीय नहुने दावी पनि गरे।

वरिष्ठ चिकित्सक केसीले देशमा अपराध र बलात्कारका घटना बढदा पनि सरकार मुखदर्शक बनिरहेको भन्दै आक्रोश पनि व्यक्त गरे। उनले कुशासनको राजको अन्त्य, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आफूहरुसँग गरिएको सहमति अनुसार तत्काल पारित नभए विनाजानकारी १६ औं सत्याग्रह सुरु गर्ने चेतावनी पनि दिए।

वरिष्ठ चिकित्सक केसीले भ्रष्टाचारमा दोषी ठहर भएका त्रिभुवन विश्वविद्यालयका उपकूलपति तीर्थ खनियालाई राष्ट्रपतिबाट मानपदवी दिलाउने काम गरेकोमा पनि आपत्ति जनाए।

२०७५ असोज १२ गते १३:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर