पाकिस्तानलाई १२ गोलले पराजित गर्दै नेपाल विजयी, रेखाले मात्रै गरिन् ७ गोल

आजको खबर   |    प्रकाशित : २०७५ असोज १२ गते १५:१०

काठमाडौं । भुटानको राजधानी थिम्पुमा शुक्रबार भएको यू-१८ महिला साफ च्याम्पियनसिप प्रतियोगिताको खेलमा नेपालले शानदार जित हात पारेको छ ।

थिम्पुको चाङलिमिथाङ मैदानमा नेपाली चेलीले पाकिस्तानमाथि गोलको वर्षा नै गरे ।

नेपालले पाकिस्तानलाई १२-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि दाबेदार भएको देखाएको छ ।

नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा ४ गोल गरेको थियो ।

नेपालको जितमा रेखा पौडेल एक्लैले आधा दर्जन बढी गोल गरिन् । रेखा एक्लैले दोहोरो ह्याट्रिकसहित ७ गोल गरिन । यस्तै सरु लिम्बु, अलिसा जाम्बा, मन्जली कुमारी योन्जन, मनिष राउत र रश्मी कुमारी घिसिङले एक-एक गोल गरिन ।

जितसंगै समूह बि मा रहेको नेपालले महत्वपूर्ण ३ अंक जोडेको छ । र, नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

उपाधि जित्ने लक्ष्यसहित भुटान पुगेको नेपालले आगामी मंगलबार बङ्गलादेशको सामना गर्नेछ । समूहको दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

२०७५ असोज १२ गते १५:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर