झलनाथ खनाल भन्छन्, ‘अनुराग’ अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्र’

आजको खबर   |    प्रकाशित : २०७५ असोज १३ गते १४:३५

काठमाडौं। सत्तारुढ दल नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘अनुराग अहिलेसम्मकै उत्कृष्ठ चलचित्र रहेको बताएका छन्। त्यस्तै प्रतिनिधि सभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले ऋषि धमलाद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्र भएको बताएकी छन्।

शनिबार कमलपोखरीस्थित् सिटी सेन्टरको ‘बिग मुभिज’ अनुराग हेरेपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले पत्रकार धमलाले बनाएको चलचित्र ‘अनुराग’ सम्पूर्ण नेपालीहरुले एकपटक हेर्नैपर्ने चलचित्र भएको पनि बताए।

उनले भने, ‘अनुराग अत्यन्तै सवल चलचित्र बनेको छ। मैले हेरेको नेपाली चलचित्रमध्ये यो अहिलेसम्मकै उत्कृष्ट चलचित्र हो। युवा पुस्ताहरुको त यसले पुरै मन जितेको छ।’ उनले ‘अनुराग’ सन्देशमूलक चलचित्र बनेको पनि दाबी गरे।

उनले थपे, ‘अनुराग उत्कृष्ट चलचित्र बनेको छ। यसमा के छैन् ? माया छ, प्रेम छ। कलाकारहरुको अभिनयमा जीवन्त पाएँ। नायिका एलिजाजीले पनि दमदार अभिनय गर्नुभएको छ। म ऋषिजीसँग निकै खुशी छु।’

त्यस्तै प्रतिनिधि सभाका उपसभामुख तुम्बाहाम्फेले पनि अनुराग अत्यन्तै राम्रो चलचित्र बनेको जनाईन्। उनले भने, ‘पूर्वप्रधानमन्त्रीज्यूले भनेजस्तै यो चलचित्र अहिलेसम्मकै उत्कृष्ट चलचित्र हो। यो चलचित्र सुपरहिट हुन्छ। सबै कलाकारहरुको अभिनय जीवन्त छ।’

उनले फिल्मले नेपाली युवा पुस्ताको भावना बोकेको बताईन्। अनुराग हेर्नको लागि उनले सबै नेपालीहरुलाई आग्रह गरिन्। त्यस्तै चर्चित कलाकार जितु नेपालले पनि अनुराग राम्रो बनेको बताए। उनले भने, ‘ऋषिजीले बनाएको अनुराग उत्कृष्ट चलचित्र बनेको छ। धमलाजीको एक्लो प्रयास प्रशंसनीय छ।’

चलचित्र हेर्न हलमा पुगेका दर्शकहरु उत्साहित देखिन्थे। उनीहरुले चलचित्र राम्रो बनेको संक्षिप्त प्रतिक्रिया दिएका छन्। दर्शकहरुले अनुरागको लागि ‘शो’ हरु अझै बढाउनुपर्ने माग गरेका छन्।

सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो। पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमती एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ। एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।

निर्देशक सत्यराज चौलागाईको पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ। सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।

२०७५ असोज १३ गते १४:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर