नेकपाभित्र भाँडभैलो, ओली र प्रचण्डलाई तह लगाउदै माधव नेपाल (हेर्नुहोस् भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ असोज १४ गते ०:१९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक असन्तुष्टि एकपछि अर्को गर्दै बाहिर आउन थालेको छ।

पार्टीको सांगठनिक एकताप्रति असन्तुष्टि राख्दै आएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार स्थायी कमिटी सदस्यहरुको छुट्टै भेला गरी पार्टीका दुई अध्यक्षको एकलौटी निर्णय नमान्ने अडान राखेपछि आन्तरिक विवाद सतहमै छताछुल्ल भएको हो।

दुई पार्टी एकीकरण हुँदा अध्यक्ष केपी शर्मा ओलीसँगै रहेका वरिष्ठ नेता नेपाल पछिल्लो समय ओलीप्रति असन्तुष्ट छन्। पछिल्लो समय पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले सांगठनिक एकतामा एकलौटी गरेको भन्दै नेपाल चिढिएका छन्।

असोज ५ गते आफ्नो उपस्थितिबिना नै सचिवालय बैठकले प्रदेश इन्चार्ज र पदाधिकारी चयन गरेपछि उनी नेतृत्वसँग थप रुस्ट भएका हुन्।

नेता नेपालले अध्यक्षद्वयले एकलौटी गरेको निर्णयलाई नमान्ने सार्वजनिक गरिसकेका छन्। नेता नेपालमात्र नभइ पछिल्लो पटकको सचिवालय निर्णयप्रति पार्टीका अन्य प्रभावशाली नेताहरुसमेत असन्तुष्ट छन्।

(हेर्नुहोस् भिडियो)

२०७५ असोज १४ गते ०:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर