दसैं-तिहारमा गुणस्तरीय खाद्यान्यको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन

आजको खबर   |    प्रकाशित : २०७५ असोज १४ गते १०:०८

काठमाडौं। संसदीय समितिले दसैं, तिहार, छठ पर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले दसैं, तिहार, छठ पर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिले दैनिक उपभोग्य बस्तुको कालाबजारी हुन नदिने गरी आवश्यक अनुगमनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ। दसैं, तिहार जस्ता महत्वपूर्ण चाडमा अभाव नहुने गरी गुणस्तरीय खाद्यान्नको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन्।

समितिले भत्किएको कालीगण्डकी तटबन्द अर्को वर्षा नआउँदै बनाउने उचित व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ। एक वर्ष नबित्दै तटबन्द भत्किनुको कारण समितिमा एक हप्ता भित्र पेश गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई पनि निर्देशन दिइएको छ । बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले मन्त्रालयको नीति, कार्यक्रम र बजेटबारे समितिलाई जानकारी गराएका थिए।

उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्थानीय समिति बनाएर संचालन गर्न लागिएको पनि बताए। मन्त्री खनालले कृषकलाई मलको अभाव हुन नदिन आफू सचेत रहेपनि बजेटको अभाव रहेको पनि समितिलाई जानकारी गराएका थिए।

२०७५ असोज १४ गते १०:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर