चाडपर्वमा सुरक्षाका लागि काठमाडौंमा ३५०० प्रहरी परिचालन गरिने

आजको खबर   |    प्रकाशित : २०७५ असोज १४ गते १२:५२

काठमाडौँ। महानगरीय प्रहरी परिसर, काठमाडौले पनि दशैं, तिहार जस्ता चाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले आईतबार पत्रकार सम्मेलन गरी दशैं, तिहारलगायतका चाडपर्व लक्षित विशेष विशेष सुरक्षा योजना लागू गरिएको जानकारी गराएको हो।

चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाई काठमाडौंको जनजीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए।

विशेष सुरक्षा योजना अन्तरगत परिसरले काठमाडौंको विभिन्न १४ स्थानमा सादासहितका प्रहरी टोली परिचालन गरेको छ। त्यसैगरी चाठबाडमा बढि भीड हुने स्थानहरु बस टिकट काउन्टर, बैंक तथा वित्तिय संस्था, ठूल्ठूला सपिङ मलहरुमा विशेष निगरानीका साथ प्रहरीहरु परिचालन गरिएको पनि प्रमुख लामाले बताए।

जनताको जीउधनको सुरक्षाका लागि काठमाडौंको विभिन्न स्थानमा ६० वटा गस्ती टोली पनि परिसरले परिचालन गरेको छ। गस्ती टोलीले दशैंमा उपत्यका बाहिर जाने यात्रुहरुलाई सहज रुपमा यात्रा गर्ने वातावरण बनाउन ट्राफिक प्रहरीसँग आवश्यक सहकार्य पनि गर्नेछ।

परिसरले दशैं, तिहार लक्षित सुरक्षा योजनालाई प्रभावकारी बनाउन ३ हजार ५ सय ३५ जना जनशक्ति परिचालन गरेको छ। टिकट काउन्टर र काठमाडौंका मुख्यमुख्य नाकाहरुमा परिसरले पनि व्यापक मात्रामा सुरक्षा टोली परिचालन गरेको छ।

प्रमुख लामाले व्यक्तिको सम्पत्तिको सुरक्षा, बैंक, वित्तीय संस्थाहरुमा हुने लुटपाट नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए।

२०७५ असोज १४ गते १२:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर