कामदार पठाउने विषयमा नेपाल र मलेसियाबीच छिट्टै श्रम सम्झौता हुँदै

आजको खबर   |    प्रकाशित : २०७५ असोज १५ गते २:४६

निर्मला घिमिरे

काठमाडौं। झण्डै चार महिनादेखि अवरुद्ध मलेसिया कामदार पठाउने प्रक्रिया चाँडै सुरु हुने भएको छ। नेपाल र मलेसियाबीच चाँडै श्रम सम्झौता हुने भएको छ।

मलेसियासँग श्रम सम्झौताका बुँदामा छलफल गर्न नेपाली टोली मलेसियामा पुगेको छ र, श्रम सम्झौताका बुँदामा छलफल गरिरहेको छ। मलेसिया र नेपालबीच जीटुजी मोडलबाट श्रमसम्झौता हुने भनिए पनि नेपाली कामदार मेनपावर कम्पनी मार्फतनै मलेसियामा पठाउने व्यवस्था हुने भएको छ।

तर, यस विषयमा थप केही नयाँ नियम केही दिनमै लागू हुने बताइएको छ। मेनपावर कम्पनीले नेपाली कामदार मलेसिया पठाए बापत कामदारले मलेसियामा पहिलो एक महिनामा कमाउने तलबको आधा रकम पाउने व्यबस्था केही दिनमै लागू हुनेबारे छलफल भइरहेको श्रम तथा रोजगार मन्त्रालय श्रोतले जानकारी दिएको छ।

अब मलेसियास्थित कुनैपनि कम्पनीमा काम गरेबापत यदि एउटा नेपालीले पाउने तलब ५० हजार रुपैयाँ छ भने मेनपावर कम्पनीले उसलाई रोजगारीमा पठाएबापत पहिलो महिनाको आधा तलब रु २५ हजार पाउने व्यबस्था रहने श्रोतको दाबी छ।

मेनपावर व्यबसायी भने यस विषयको सम्झौतामा सहमत नभएको जनाएका छन्। मेनपावर व्यवसायीले आफूहरुले एक नेपालीले एक महिनामा जति कमाइ गर्छन् त्यति बराबर रकम नै आफूहरुले पाउनुपर्ने माग राखेका छन्। मलेसिया क्वालालम्पुरस्थित पुगेको नेपाली टोली त्याहाँ छलफल सकेर नेपाल आएपछि मलेसिया र नेपालबीच श्रम सम्झौताको टुंगो लाग्ने भएको छ।

बायोमेट्रिक्स, भिसा प्रोसेसीङ लगायतका नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरुले उठाउँदै आएको अतिरिक्त शुल्कका कारण थप समस्यामा परेका नेपाली कामदारहरुले अब भने श्रमसम्झौता पछि राहत पाउने भएका छन्।

यस विषयमा जीएसजी, स्वास्थ्य परीक्षण लगाएतका अतिरिक्त शुल्क रोजगारीका लागि जाने व्यक्ति आफैले तिर्दै आएकोमा अब कम्पनी आफैले तिर्नुपर्ने व्यबस्था हुन लागेको छ। नेपालबाट विदेश जाने क्रममा नेपाली कामदारहरुले यसबापतका खर्च तिर्नुपर्ने र रोजगारदाता कम्पनीले नै विदेशमा पुगिसकेपछि लागत खर्च बेहोर्ने विषयमा छलफल भइरहेको छ।

यस अघि शून्य लागतमा नेपाली कामदार पठाउने विषयका कुराहरु बाहिर आएपनि यस विषयमा वैदेशिक रोजगार व्यबसायीहरु असन्तुष्ट देखिएपछि यस विषयमा थप छलफल भइरहेको छ। मानवसंसाधन मन्त्रालय क्वालालम्पुर स्थित थप बुदाँहरुमा छलफलको निश्कर्ष पश्चात नेपाली टोली नेपाल फर्किएपछि श्रम सम्झौताका विषयमा टुंगो लाग्ने भएको छ।

२०७५ असोज १५ गते २:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर