‘प्रधानमन्त्री ओली पार्टीका कार्यकर्ताबाटै विश्वास गुमाउँदै हुनुहुन्छ’ : मुख्यमन्त्री गुरूङ (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ असोज १५ गते ७:५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका नेता कार्यकर्ताबाट विश्वास गुमाउँदै गएका छन्। एकपछि अर्को गर्दै ओली पार्टीकै जिम्मेवार नेताहरूबाट आलोचित हुँदै गएपछि दुईतिहाइ मतको ओली सरकार आन्तरिक असन्तोषकै कारण समस्यामा फस्ने देखिएको छ।

केही दिन अघि पार्टी वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले संसद बैठकमै सरकार, प्रधानमन्त्री र गृहमन्त्रीको जमेर आलोचना गरे। सरकारको अकर्मण्ड्यताले देशै डुब्न लागेको भन्दै नेपालले आफ्नै प्रधानमन्त्रीको आलोचनामा थुप्रै शब्द खर्चेका थिए।

यहीबीचमा ओलीका विश्वासपात्र मानिएका पार्टीकै स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले केन्द्र सरकार अलोकप्रिय हुँदै गएको टिप्पणी गरेका छन्। सुन काण्डमा सरकार नराम्रोसँग फसेको भन्दै गुरूङले सरकार र प्रधानमन्त्री ओलीको काँध थाप्न मुस्किल भएको बताएका छन्।

गुरूङले केन्द्र सरकारले सुरूमा केही काम गर्न पहल लिएको तर पछिल्ला दिनमा शंकास्पद गतिबिधि गरेर अपराधी लुकाउनेदेखि मन्त्रीहरूलाई लगाम लगाउन नसक्दा सरकारप्रति जनताको विस्वास गुम्दै गएको बताए।

ओलीमाथि गुरूङका थुप्रै असन्तुष्टि छन्, तर उनले ओलीको सदाचारिता र नियतमाथि शंका गर्न नहुने भन्दै प्रधानमन्त्रीलाई उनका सल्लाहकार र आसेपासेले फसाउँदै लगेको गम्भीर शंका उनले गरेका छन्।

(हेर्नुस् भिडियो कुराकानी)

२०७५ असोज १५ गते ७:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर