विप्लवलाई खोज्न ५० करोडको लगानी

आजको खबर   |    प्रकाशित : २०७५ असोज १५ गते १२:१४

काठमाडौँ । आमूल परिवर्तनका लागि भन्दै एकीकृत जनक्रान्तिको उद्घोष गरेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव अहिले अर्धभूमिगत छन् ।

सरकारी दमनपछि भूमिगत हुनु विप्लवका लागि बाध्यता हो । यसमा स्वभाविक रुपमा जिम्मेवार उनी पनि होलान् । उदयपुर जिल्ला अदालतले वारेन्ट जारी गरेपछि भूमिगत सक्रियता अझै बढेको छ ।

सरकारले उक्त पार्टी माथि दबाब बढाउँनकै लागि केही दिन अगाडि नाटकीय रुपमा प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलाई निणन्त्रणमा लियो ।

अन्ततः आरोप पुष्टि नभएपछि ४९ दिनपछि रिहा गरेको छ । यो गिरफ्तारी नेकपाको गिरफ्तारी कै योजना रहेको विप्लव नेताहरू बताउँछन् । केन्द्र देखि स्थानीय तहसम्मकै नेताकार्यकर्तालाई गिरफ्तार गर्ने गृहप्रशासनको योजना भएको नेकपाको ठहर छ ।

पूर्व माओवादी जनमुक्ति सेना समेत रहेका लेखक दिल निसानी मगरले आफ्नो पछिल्लो लेखमा सत्तारुढ नेकपा र विद्रोही नेकपा बीचको बढ्दो दूरी बारे यसो लेखेका छन् । “के अब कम्युनिस्टहरू आफैं आफैं लडेर सकिने हो त ? के राज्यको ढुकुटी लडार्इं र अस्थिरताकै लागि मात्र प्रयोग गर्ने हो ? सुनिन्छ, विप्लवलाई खोज्न ५० करोड रुपैयाँको लगानी भइसक्यो रे ! यो सत्य हो भने मुलुकमा कहिल्यै अन्त्य नहुने र कसैको हार र जित पनि नहुने अस्थिरता पक्का छ।”

२०७५ असोज १५ गते १२:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर