निर्मला हत्याकाण्डः निलम्बित एसपी विष्टबारे पुलिस हेडक्वाटरको सनसनीपूर्ण खुलासा

आजको खबर   |    प्रकाशित : २०७५ असोज १६ गते १:१०

काठमाडौं । निर्मला पन्त हत्याकाण्डका कारण निलम्बनमा परेका कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको डीएनए र मृतक निर्मला पन्तको भेजिनल स्वाबको डीएनए परीक्षण गर्दा म्याच भएन।

विष्टको मात्र होइन उनका छोरा र किरणराज विष्ट र भीमदत्त नगरपालिकाका मेयरका भतिज आयुश विष्टको पनि डीएनए परीक्षण गरिएको थियो।

यी कसैको पनि डीएनए म्याच नभएपछि एक प्रश्न उठेको थियो कतै डीएनए परीक्षणमा त गडबडी भएन ? प्रहरी प्रधान कार्यालय नक्सालले सो प्रश्नको सोमबार जवाफ दिएको छ।

प्रधान कार्यालयले सोमबार विज्ञप्ति जारी गरी यी तीनजनाको डीएनए दुई प्रयोगशालाबाट परीक्षण गरेको जनाएको छ। उसले डीएनएको परीक्षण प्रतिवेदनमा आशंका नगर्नसमेत भनेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘१३ वर्षीया बालिका निर्मला पन्तको विषयमा एसपी विष्ट, उनका छोरा किरणराज विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण नेपाल प्रहरीको प्रयोगशालमा मात्र नभएर राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पनि गरिएको।’

गएको साउन ११ गते भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। उनको शव एक उखुबारीमा नग्न अवस्थामा फेला परेपछि बलात्कारपछि हत्या भएको प्रहरीले आशंका गरेको थियो। शवको पोस्टमार्टम प्रतिवेदनले पनि बलात्कार भएको पुष्टि गरेको थियो।

सो हत्या प्रकरणमा तत्कालीन जिल्ला प्रहरी नेतृत्वले प्रमाण नस्ट गरेको भन्ने स्थानीयको दावी र सरकारले गठन गरेको उच्च स्तरी छानविन समितिका सिफारिसमा एसपी विष्ट र दुई डिएसपी र एक इनिस्पेक्टरलाई निलम्बन गरिएको छ।

सबै डीएनए रिपोर्ट नेगेटिभ आएपछि यो हत्याकाण्डका दोषी नै पत्ता नलाग्ने गरी अनुसन्धान गञ्जागोलमा फसेको छ। यद्यपी प्रहरीले एआईजी धिरु बस्न्यातको नेतृत्वमा शक्तिशाली छानविन समिति बनाएको छ। सो समितिले प्रतिवेदन दिइसकेको छैन।

सरकारले गठन गरेको छानविन समितिले भने प्रतिवेदन बुझाइसकेको छ। यद्यपी सरकारले सो प्रतिवेदन सार्वजनिक नगर्दा त्यसमा के उल्लेख छ भन्ने खुलासा भएको छैन।

२०७५ असोज १६ गते १:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर