वर्तमान सरकारले स्थिरता र शान्ति सुव्यवस्था कायम गर्न सकेन

आजको खबर   |    प्रकाशित : २०७५ असोज १६ गते ७:०६

काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले स्थिरता र शान्ति सुव्यवस्था दिन नसकेको बताएका छन्। कम्युनिष्टलाई सरकार चलाउने जनमत दिएका जनताले पश्चाताप मानिरहेको दाबी पनि उनले गरे।

क्षेत्र नम्बर १ काठमाडौंको १० नम्बर इकाईद्वारा आज आयोजित चियापान तथा भेटघाट कार्यक्रममा नेता सिंहले भने, ‘जनतालाई स्थीरता दिन्छु भन्ने सरकारको स्थीरता यही हो त?’

दुई तिहाइ बहुमतको सरकारले हत्या, हिंसा, बलात्कारका घटना रोक्न नसकेको भन्दै उनले आलोचना गरे। अहिलेको अवस्थालाई उनले माओवादी जनयुद्धको त्राससँग तुलना गरे । नेता सिंहले भने, ‘जनयुद्धको बेला जस्तै अहिले रेडियो, टिभी, पत्रिका हेर्दा र सुन्दा नराम्रा समाचारहरु आइरहेका छन्।’

महंगी धेरै बढेको र सरकारले शान्ति सुरक्षा पनि दिन नसकेकाले जनताहरु छटपटाइरहेको उनले बताए। ‘अरु पार्टीले गफ धेरै गर्ला तर आखिरमा गर्नुपर्ने बेलामा त कांग्रेसले नै गर्छ,’ नेता सिंहले भने, ‘कांग्रेस यस्तै हो, एकपटक त कम्युनिष्टलाई सत्ता दिएर हेरौं भनेको, सत्ता त दिएर हेरियो, तर हाल कस्तो भइरहेको छ।’

ृउनले भने, ‘छटपटि सबैलाई भइरहेको छ। बरु कांग्रेस नै ठीक भन्न थालिसके।’ नेपाली कांग्रेसलाई सक्षम र प्रभावकारी पार्टी बनाउन आन्तरिक तयारी सुरु गरिसकेको उनले जानकारी दिए।

२०७५ असोज १६ गते ७:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर