टरिगाउँ विमानस्थलमा उडान परीक्षण सफल

आजको खबर   |    प्रकाशित : २०७५ असोज १६ गते १६:२१

लमही । दाङको टरिगाउँ विमानस्थलको सफल परीक्षण गरिएको छ। नेपाल एयरलाइन्सले गरेको परीक्षण उडानमा प्राविधिकसहितको टोली सहभागी रहेको थियो।

परीक्षणका क्रममा क्याप्टेन आङ्नुरी शेर्पाले विमान सञ्चालनका लागि प्राविधिक कठिनाइ नरहेको बताए। बिहान ११ः३० बजे विमानस्थलमा नेपाल एयरलाइन्सको १६ सिट क्षमता भएको डाँफे विमान अवतरण गरेको थियो।

तुलसीपुर उपमहानगरपालिकासँग सम्झौता गरेर हप्तामा कति दिन विमान सेवा सञ्चालन हुने र भाडा कति हुने भन्ने विषयमा टुङ्गो लाग्ने बताइएको छ। लामो समयदेखि टरिगाउँ विमानस्थल नियमित सञ्चालन हुन सकेको थिएन।

२०७५ असोज १६ गते १६:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर