राजधानीविरुद्व समाचार लेखेको भन्दै अत्तरियामा राष्ट्रिय पत्रिका नै जलाएपछि..

आजको खबर   |    प्रकाशित : २०७५ असोज १७ गते ३:०४

कैलाली । ७ नं प्रदेशको राजधानी गोदावरी र प्रदेशको नाम सुदूरपश्चिम प्रदेश भनेर नामाकरण गरेपछि सुदूरपश्चिमका सबै जिल्लामा बिरोध सुरु भयो। कतै चक्का जाम हुन थाले त कतै नाराजुलुस।

बिबिध कारणले राजधानी गोदावरी निकै क्षतिपूर्ण हुने देखाएपछि गोदावरी राजधानीका टिकाटिप्पणी स्थानीयदेखि राष्ट्रियसम्मका सबै सञ्चारमाध्यमले पनि टिप्पणी गर्दै आए।

त्यसै बखतमा बुधबार कैलालीको अत्तरियामा केही युवाहरुले राजधानीको विषयलाई लिएर समाचार विरुद्धमा लेखेको भन्दै गाडीबाट निकालेर पत्रिका जलाए।

प्रदेश सरकारको बहुमतबाट प्रदेशको राजधानी तेघरी गोदावरी सिफारिस गरिएपछि राष्ट्रिय पत्रिकाहरुले चुरे खतरामा पर्ने, बाँधको बाटोमा राजधानीलगायतका शीर्षकहरु राखेर समाचार प्रकाशित गरेका थिए।

राजधानीका लागि गोदावरीमा लाखौं साना ठूला गरी रुख बिरुवाहरु काट्नुपर्ने देखिएको छ। त्यसै सन्दर्भलाई सञ्चारमाध्यमले प्राथमिकताका साथमा प्रकाशित गरेका थिए।

नेपालगञ्जबाट गाडीमा सुदूपश्चिमका विभिन्न जिल्लाका लागि पठार्इएका कान्तिपुर दैनिक, नागरिक दैनिक, अन्नपूर्णपोष्ट दैनिकलगायतका राष्ट्रिय पत्रिकाहरु अत्तरिया चोकमा जलाएका छन्।

२०७५ असोज १७ गते ३:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर