गृहमन्त्री थापाको राजीनामा माग गर्दै माईतीघर मण्डलामा विरोध प्रर्दशन

आजको खबर   |    प्रकाशित : २०७५ असोज १७ गते १६:१२

काठमाडौँ। बुधबार पनि काठमाडौंमा गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै विरोध प्रर्दशन गरिएको छ। ‘निर्मलाका लागि न्याय’ नामक अभियानले काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गर्दै गृहमन्त्री थापाको राजीनामा माग गरेका हुन्।

त्यसक्रममा उनीहरुले मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना बढदै जाँदा पनि त्यसलाई नियन्त्रण गर्न नसकेको उल्लेख गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए। प्रर्दशनकारीहरुले निर्मला पन्तको हत्या सम्बन्धि उच्चस्तरीय छानवीन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका छन्।

सरकार बलात्कारसामू झुक्दै गएको प्रर्दशनकारीहरुको आरोप छ। निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै देशभर सरकारविरुद्ध दैनिक प्रर्दशन हुँदै आएका छन्।

२०७५ असोज १७ गते १६:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर