कतारमा कम्पनी डुब्दा १४९ नेपाली अलपत्र (प्रेस विज्ञप्ती सहित)

आजको खबर   |    प्रकाशित : २०७५ असोज १८ गते १:१९

काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार पुगेका डेढसय नेपाली कामदार अलपत्र परेका छन्।

कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन्। सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन्।

कम्पनी डुबेपछि भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेका हुन्। कतारको श्रम कानुनअनुसार कम्पनी डुबे पनि कामदारलाई भुक्तानी दिएर स्वदेश पठाउनुपर्ने हुन्छ। तर कम्पनीका सञ्चालक नै वेपत्ता भएपछि कामदारले भुक्तानी पाउने सम्भावना नरहेको बताइएको छ।

भुक्तानीभन्दा पनि त्यहाँ रहेका नेपालीको उद्धारमा समेत चुनौती भएको बताइएको छ। कम्पनीका अध्यक्ष कतारी नागरिक युसुफ मलालाका अल हरामी कामदारको सम्पर्कमा छैनन्। अध्यक्षसमेत सम्पर्कविहीन बन्दा नेपालीहरुलाई खान र बस्न पनि समस्या भएको बताइएको छ। कामदारले गत मे महिनादेखि तलब पाएका छैनन्।

कम्पनीमा १६ महिनादेखि ११ वर्षसम्म कार्यरत नेपाली छन्। पीडितहरुले मंगलबार कतारस्थित नेपाली दूतावासमा पुगेर उद्धारका लागि निवेदन दिएका छन्।

दूतावासले अपलपत्र नेपालीलाई नेपाल फर्काउने वा अन्य स्थानमा काम खोज्ने भन्ने विषयमा छलफल भइरहेको जनाएको छ। यो विषयमा कतारी निकायसँग समन्वय गरिने नेपाली दूतावासले जनाएको छ।

 

२०७५ असोज १८ गते १:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर