विरोध गर्दैमा केहि हुन्न, सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री ओली

आजको खबर   |    प्रकाशित : २०७५ असोज १८ गते ११:३४

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार पाँच वर्ष चल्ने र पाँच वर्षपछि चुनाव गराएर झन बलियो भएर आउने बताएका छन्।

संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकारको विरोध गर्दैमा आत्तिनु पर्ने अवस्था नरहेको जनाएका हुन्।

सरकारको विरोध गर्दैमा आत्तिनु पर्ने अवस्था नभएको उल्लेख गर्दै मुलुकमा संघीयता आएको, विकास निर्माणका कामले गति लिएको दाबी गरे। उनले आलोचकहरुले यसअघिका सबै गलत भएको काम यही सरकारले सात महिनामा गरेजस्तै गरी प्रचार गरेको भन्दै असन्तुष्टि जनाए।

केही दिन अगाडि संसदमा नेकपाका वरिष्ठ नेता माधव नेपालले दिएको अभिव्यक्तिप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले मानिस कहिलेकाँही कवितात्मक बन्न सक्ने भन्दै उनले त्यस्ता कुराको पछि लाग्नुपर्ने अवस्था नरहेको बताए।

२०७५ असोज १८ गते ११:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर