स्वदेश फर्किएसँगै प्रधानमन्त्री ओलीले माधव नेपाललाई लगाए यस्तो आरोप (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ असोज १९ गते १:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गरिरहेको भन्दै आफ्नो पार्टीभित्रैबाट भइरहेको सरकारको आलोचनालाई ‘क्षणिक डाह’ को संज्ञा दिएका छन्।

दुई साता लामो विदेश भ्रमणबाट बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार र पार्टीको सन्दर्भमा गरेको टिप्पणीलाई ‘अस्थायी हावा’ भने।

कसैलाई पनि पार्टी एकताको विश्वास नलागेको अवस्थामा आफूहरुले पार्टी एकीकरण गरेर आएको भन्दै उनले अबको दुईरचार दिनमा नेकपाका तल्ला तहका कमिटीहरुको एकताले पनि पूर्णता पाउने दाबी गरे।

(हेर्नुहोस् भिडियो)

२०७५ असोज १९ गते १:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर