भारतसँग नेपालको सानदार जित, जितसँगै नेपाल फाइनलमा प्रवेश

आजको खबर   |    प्रकाशित : २०७५ असोज १९ गते १३:११

काठमाडौं । भुटानमा जारी साफ अन्डर १८ महिला च्याम्पियनसिप अन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपालले भारतमाथि शानदार जित निकालेको छ। नेपालले भारतलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकर पुगेको हो। नेपालका लागि पहिलो हाफमा फरवार्ड रश्मी कुमारी घिसिङले गोल गरिन।

अर्की फरवार्ड रेखा पौडेलको थ्रु पासलाई सदुपयोग गर्दै उनले पेनाल्टी क्षेत्रभित्र बाट सहजै गोल गरेकी हुन्। पहिलो हाफमा १-० को अग्रता लिएको नेपलाले दोस्रो हाफको ६२ औं मिनेटमा भारतले गोल फर्कायो।

भारतकी कप्तान समिक्षाले बायाँ विङ्गसबाट आएको फ्रिकिकमा ६ यार्ड बक्सभित्रबाट हेडरमार्फत सहज गोल गरेकी थिइन्। त्यसअघि नेपाली गोलरक्षक अन्जना रानामगरले दोस्रो हाफको सुरुआतमै वन भर्सेस वनमा राम्रो बचाउ गरेकी थिइन्। नेपालका लागि अन्जना रानामगरले दुई प्रहार बचाइन भने भारतको एक प्रहार क्रसबारमा लागेको थियो।

२०७५ असोज १९ गते १३:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर