हेर्नुहोस् टी ट्वान्टी विश्वकप छनोटमा आजको खेल, सन्दीप लामिछानेले लिए दोस्रो विकेट (लाईभ भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ असोज २० गते ३:३१

काठमाडौं । आईसिसी विश्व टी–ट्वान्टी क्रिकेटएसिया छनोट समूह बी अन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिला बलिङ गरिरहेको छ।

क्वालालम्पुरस्थित वायुमास ओभलमा आयोजक मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ मौका पाएको हो। यो समाचार तयार पर्दासम्म मलेसियाले ८ ओभरमा २ विकेटमा ४४ रन बनाएको छ। नेपालका स्टार स्पीनर सन्दीप लामिछानेले दुबै सफलता दिलाएका हुन्।

सन्दीपले मलेसियाका ओपनर सियद अजिज र सुहानको विकेट लिएका हुन्। पहिलो खेलमा म्यानमारलाई हराएको नेपालले आफ्नो दोस्रो खेलमा मलेसियासंग खेल्न लागेको हो। बुधबार भएको खेलमा नेपालले कमजोर टिम म्यानमारलाई ८ विकेटले हराएको हो।

आज नेपाल मलेसियालाई हराएर लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।  नेपालले सन् २०१३ पछि पहिलोपटक मलेसियासंग टी–ट्वान्टी फर्म्याटमा प्रतिस्पर्धा गर्न लागेको हो। एकदिवसीयमा भने नेपालले गत महिना मलेसियासंग खेलेको थियो।

टी-ट्वान्टीको पछिल्लो तीन भेटमा नेपालले मलेसियालाई दुई पटक हराएको छ। एक खेल मलेसियाले जितेको छ।

(लाईभ भिडियो)

२०७५ असोज २० गते ३:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर