बैतडीको दशरथचन्द्र नगरपालिकाद्वारा ‘पञ्चवर्षीय रणनीतिक योजना’को खाका तयार

आजको खबर   |    प्रकाशित : २०७५ असोज २० गते ४:१४

बैतडी । दशरथचन्द नगरपालिकाले महिला तथा बालबालिकाका लागि पञ्चवर्षीय रणनीतिक योजनाको खाका तयार पारेको छ।

संविधान र कानूनअनुसार नगर क्षेत्रभरीका बालबालिका तथा महिलाको समग्र विकासमा सहयोग पुर्याउने लक्ष्यसहित रणनीतिक योजनाको खाका तयार पारिएको नगरपालिकाका सामाजिक विकास शाखाप्रमुख विनोदबहादुर चन्दले जानकारी दिए।

बालबालिका र महिलाको समग्र विकासका लागि नगरपालिकाले लिने रणनीति, अवलम्बन गर्नुपर्ने नीति र योजनामा समेटिएको जानकारी दिँदै उनले भने, “सरोकारवालासँग पञ्चवर्षीय रणनीतिक योजनाबारे छलफल गरेर रणनीतिलाई अन्तिम रूप दिनेछौँ।”

नगरपालिकाले तयार पारेको रणनीतिक योजनामा समावेश भएका कुरा कार्यान्वयनमा सरोकारवाला जोड दिएका छन्। यसअघि पनि थुप्रै नीति बनेकाले अबको योजना कार्यान्वयन हुने खालको बनाउनुपर्ने महिला अधिकारकर्मी सरस्वती भट्टले बताए।

उनले भने, “नगरपालिकाभित्र पनि थुप्रै दुर्गम क्षेत्र रहेकाले ती क्षेत्रका महिला तथा बालबालिकाको समस्या समाधान गर्ने खालका योजना समेटिनुपर्छ।” रणनीतिक योजनालाई अन्तिमरुप दिएर कार्यपालिको बैठकबाट पारित गराउने बताइएको छ।

२०७५ असोज २० गते ४:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर