आइसीसी विश्व टी–२० क्रिकेट : मलेसियासँग नेपालको सानदार जित

आजको खबर   |    प्रकाशित : २०७५ असोज २० गते ५:१४

काठमाडौँ । आइसीसी विश्व टी–२० क्रिकेट एसिया छनोट समूह बी अन्र्तगत दोस्रो खेलमा नेपाल मलेसियासँग ८ विकेटले विजयी भएको छ।

घरेलु टोली मलेसियाले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले १२ दशमलव ४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। क्वालिफायरमा नेपालका लागि कप्तान पारस खड्काले नटआउट ५२ रन बनाए। उनले ३६ बलमा ५२ रन बनाएका हुन्।

त्यस्तै ज्ञानेन्द्र मल्लले १४ बलमा (रनआउट) २७ रन बनाए। उनले १३ औँ आभरको चौँथो बलमा छक्का प्रहार गर्दै नेपाललाई विजय बनाएका हुन्। त्यस्तै ओपनर अनिल शाहले १ रन र अर्का ओपनर विनोद भण्डारीले १२ रन जोडे । मलेसियाका सायद अजिज र पभवदिप सिंहले १/१ विकेट लिए।

पहिले ब्याटिङ गरेको मलेसियालाई सस्तैमा समेट्न नेपालका स्टार स्पीनर सन्दीप लामिछोले ५ विकेट लिए। उनले ४ ओभरमा २० रन दिएर ५ विकेट लिएका हुन्। यस्तै सोमपाल कामीले पनि ३ विकेट लिए। उनले ३/३ ओभर १६ रन दिएर ३ विकेट लिएका हुन्। यस्तै कप्तान पारस खड्काले पनि एक विकेट लिए। एक विकेट भने रनआउटका रुपमा नेपाले प्राप्त गरेको थियो।

२०७५ असोज २० गते ५:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर