बाँकेमा हाइस र ट्रक ठोक्किदा ज्यान गुमाउनेको संख्या ६ पुग्यो, १२ घाइते

आजको खबर   |    प्रकाशित : २०७५ असोज २० गते ७:२१

दाङ । दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको हाइस बाँकेमा ट्रकसँग ठोक्किदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।

तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस बाँकेको ठुटे जंगलमा विपरित दिशाबाट आउँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्किदा ६ जनाको ज्यान गएको हो।

दुर्घटनामा ११ यात्रु घाइते भएका छन्। घाइते यात्रुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

२०७५ असोज २० गते ७:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर