रक्षामन्त्री पोखरेलको आग्रह, ‘सरकारले काम गरिरहको छ, आलोचना नगर्नुस्’

आजको खबर   |    प्रकाशित : २०७५ असोज २० गते ८:०४

काठमाडौँ। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले सरकारको आलोचना नगर्न सबैलाई आग्रह गरेका छन्।

उपप्रधानमन्त्री पोखरेलले ३ वर्ष अघि जारी भएको ‘संविधान कार्यान्वयनका लागि तत्काल पहल नगर्ने को हुन रु’ भनेर खोजी गर्न केन्द्रित हुन पनि सबैलाई आह्वान गरे। उनले प्रमुख प्रतिपक्ष काँग्रेसप्रति संकेत गर्दै संविधान जारी भएलगत्तै संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणको काममा किन नलागेको भनेर आत्मसमिक्षा गर्न जरुरी रहेको पनि बताए।

उपप्रधानमन्त्री पोखरेलले वर्तमान सरकारले विगतका सरकारले नगरेको संवैधानिक व्यवस्था अनुसारको कानुन निर्माणको काममा केन्द्रित हुनु परेकाले अरु कामलाई अघि बढाउन नसकेको पनि स्पष्ट पारे।

उपप्रधानमन्त्री पोखरेलले परिवर्तित सन्दर्भ अनुसार मेल नखाने नीति, विधि र संरचना खारेज गर्ने घोषणा पनि गरे। शनिबार धोबीखोला करिडोर परियोजनासम्बन्धि नागरिक सुनुवाई कार्यक्रममा बोल्दै उनले काठमाडौंको ढल, सडक, खानेपानीलगायतका संस्थाहरुको संरचना अन्तरविरोधी रहेको उल्लेख गर्दै काममा बेमेल हुने नीति, विधि र संरचना खारेज गर्ने बताएका हुन्।

उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था अनुसार नीति, विधि र संरचना तयार पारेपछि सरकारको कामले गति लिने विश्वास पनि व्यक्त गरे।

२०७५ असोज २० गते ८:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर