पुन: दैलेख केन्द्रविन्दु भएर भूकम्पको झट्का
आजको खबर | प्रकाशित : २०७५ असोज २० गते १५:३८

काठमाडौं । कर्णाली प्रदेशको दैलेखलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गएको छ । सिस्मोलोजिकल सेन्टर नेपालका अनुसार शुक्रबारमात्र ४ रेक्टर स्केलका दुई वटा भूकम्प गएका थिए भने अन्य ४ रेक्टर स्केलभन्दा तलका झट्का लगातार गइरहेका छन् ।
शनिबार बिहान १० बजेर ५२ मिनेटमा ४.३ रेक्टर स्केलको भुकम्प गएको सिस्मोलोजिकल सेन्टरको रेकर्डमा उल्लेख छ। यस्तै शनिबार बेलुका करिब ८ बजेर ५० मिनेट जाँदा पनि ३.८ रेक्टर स्केलको भूकम्प गएको छ।
यी सबै भुकम्पको केन्द्र विन्दु दैलेखको नारायण नगरपालिका वडा नम्बर १० को भवानीमा रहेको सेन्टरमा सिस्मोलोजिस्ट चिन्तन तिमिल्सेनाले जानकारी दिए।
उनले ४ रेक्टर स्केलभन्दा तलका भुकम्पले कुनै क्षति नगर्ने भएकाले त्यसलाई रेकर्डमा नराखिएको बताए । उनले ४ रेक्टर स्केलका भने सबै रेकर्डमा राखिएको बताए। उनले दैलेखमै केन्द्र विन्दु भएकाले त्यहाँ भुकम्पको धक्का बढिड महशुस भएको बताए।
लगातार भुकम्प गएपनि कुनै क्षति भनेको भएको छैन । तर स्थानीयवासीमा भने त्रास फैलिएको छ । करिब ७ रेक्टर स्केलको भूकम्पले त्रसित भएका नेपाली भूकम्पको कम्पन हुनासाथ त्रसित हुने अवस्था छ।