‘मधेसीका लागि भाडाको घर हुन् नेपाली कांग्रेस र नेकपा’ : राज्यमन्त्री मण्डल

आजको खबर   |    प्रकाशित : २०७५ असोज २१ गते ५:१७

राजविराज। प्रदेश न‍ २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले नेपाली कांग्रेस र नेकपा मधेसीको निम्ति भाडाको घर बताएका छन्। सप्तरीस्थित डाक्नेस्वारी नगर कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै उनले राजपा आफ्नो घर भएको बताएका हुन्।

उनले राजपा मधेसी जनताको आफ्नो घर भएको दाबी गर्दै उनले आफ्नो श्रम पसिना राजपामा लगाउन आग्रह गरे। भाडाको घरबाट कुनै पनि बेला निकलिन सकिने डर त्रासमा नबस्न उनले आग्रह गरे। आफ्नो घर आफ्नै हुन्छ, उनले भने, ‘नेपाली कांग्रेस महेन्द्र नारायण निधिको हुन सकेन महन्थ ठाकुरको हुन सकेन।’

उक्त कार्यक्रममा एक हजार बढी जना कांग्रेस कम्युनिष्ट र फोरम परित्याग गरि राजपामा प्रवेश गरेका थिए। नव प्रवेशीलाई राजपा अध्यक्ष राजकिशोर यादवले अबिर माला लगाई स्वागत गरेका थिए।

२०७५ असोज २१ गते ५:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर