यू-१८ महिला च्याम्पियनसिप : बंगलादेशसँग चुक्दा नेपाल उपविजेता

आजको खबर   |    प्रकाशित : २०७५ असोज २१ गते १५:२६

काठमाडौं । नेपाल भुटानमा आइतबार सम्पन्न साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलको प्रतियोगिता पहिलो संस्करणमा उपविजेता बनेको छ।

भुटानको थिम्पुमा भएको उपाधि भिडन्तमा बंगलादेशसँग शून्य एक गोलसँग पराजित हुँदा नेपाल उपविजेतामा सिमित भएको हो। फाइनल खेलको पहिलो हाफ दुबै टीमले गोलरहित बराबरी खेले पनि दोस्रो हाफको शुरु मै नेपाले गोल खायो। खेलको ४९ औं मिनेटमा बंगलादेशकी मशुरा प्रविनले गोल गरिन्।

खेलमा नेपालको फिनिसिंगमा कमजोर देखिएको थियो। नेपाले खेल अवधिभर जम्मा ३ वटा प्रहार टार्गेटमा गरेको थियो भने बंगलादेशले ५ वटा प्रहार गरेको थियो।

यस्तै नेपालले ४ वटा कर्नरको मौका पाउँदा बंगलादेशले पनि ४ वटै मौका पाएको थियो । नेपालले ४ वटा अफ टार्गेट शट प्रहार गरेको थियो भने बंगलादेशको १ प्रहारमात्र टार्गेटमा थिएन। खेलमा बंगलादेशले १० पटक फल खेलेको थियो भने नेपालले ६ पटक फल गर्दा एक पहेँले काड पनि खानु परेको थियो।

बंगलादेश शुरुदेखि नै नेपालभन्दा बलियो मानिएको थियो । समूह चरणमै बंगलादेशले नेपाललाई पराजित गरेको थियो।

२०७५ असोज २१ गते १५:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर