गाउँपालिकाले गर्यो विमानस्थल निर्माणसम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक

आजको खबर   |    प्रकाशित : २०७५ असोज २२ गते १:१२

सल्यान । सल्यानमा एक गाउँपालिकाले विमानस्थल निर्माणसम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।

जिल्लाको छत्रेश्वरी गाउँपालिकाले पत्रकार सम्मेलनमार्फत छत्रेश्वरी गाउँपालिकास्थित लेखपोखराको डाँडामा प्रस्ताव गरिएको छत्रेश्वरी विमानस्थल सम्भावित अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो।

कुल रु ८१ करोडमा लागत अनुमान गरिएको प्रस्तावित विमानस्थल निर्माणका लागि धावनमार्गका लागि चाहिने ६३० मिटर उपलब्ध रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। भूवनावटको हिसाबले जमीन उपयुक्त रहेको तथा धावनमार्गका लागि समेत जमीन उपलब्ध रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सल्यान र रोल्पा जिल्लाका पश्चिमी भेगका करीब तीन लाख ५० हजार जनसङ्ख्यालाई लक्षित गरी अध्ययन थालिएको विमानस्थलमा १९ सिट क्षमताका ट्वीनटर विमान अवतरण गर्न सक्नेछन्। विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनले उपयुक्त देखाएकाले अब विमानस्थल निर्माणको कार्य अगाडि बढाइने छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले जनाकारी दिए।

“सम्भाव्यता अध्ययनबाट विमानस्थल निर्माणका लागि छनौट गरिएको स्थान उपयुक्त देखिएको छ। अब छिट्टै निर्माणको कार्य अगाडि बढाइनेछ”, अध्यक्ष केसीले भने।विमानस्थल निर्माणका लागि गाउँपालिका लागि ठूलो रकम भए पनि यसका लागि सङ्घीय सरकार तथा प्रदेश सरकारलाई अनुरोध गर्ने जानकारी दिए।

“हाम्रो भन्दा कमजोर र सानो जमीन भएका स्थानमा विमानस्थल निर्माण भएका छन्, शुरुमा सुन्दा धरैलाई अपत्यारिलो लाग्न सक्छ तर सबैको सहकार्य सहयोगले यो सम्भव बनाउँछु,” अध्यक्ष केसीले भने। छत्रेश्वरी गाउँपालिका–५ मा अवस्थित प्रस्तावित छत्रेश्वरी विमानस्थलको अध्ययन गर्ने जिम्मा पाएको आरम्भ आर्केटेक्ट एण्ड इञ्जिजिनियर्सको टोलीले अध्ययन प्रतिवेदन सार्वजानिक गरेको हो।

२०७५ असोज २२ गते १:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर