प्रचण्ड भन्छन्, ‘गिरिजालाई राष्ट्रपति नबनाउनु ठुलो गल्ती हो, अहिले पश्चाताप भैरहेको छ’

आजको खबर   |    प्रकाशित : २०७५ असोज २२ गते ४:३९

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनदेखि नेपालको शान्ति प्रक्रियाका विषय आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तक नलेखेसम्म पूर्णरुपमा नबुझिने बताएका छन्।

पत्रकार शुभशङ्कर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’को विमोचनपछि अध्यक्ष दाहालले भने, “माओवादी आन्दोलनदेखि शान्ति प्रक्रिया र पार्टी एकताका विषयमा केपी जीले र मैले एउटा पुस्तक नलेखेसम्म पूर्ण हुँदैन।” हिजोको विचार सङ्घर्ष, राजनीति सङ्घर्ष र पार्टी एकताको विषय पुस्तकले सुन्दर ढङ्गले समेटेको भन्दै दाहालले ठूलो अंश माओवादी र सङ्घर्षसँग सम्बन्धित रहेकोे टिप्पणी गरे।

अध्यक्ष दाहालले स्वः गिरिजाप्रसाद कोइलालाको आँटले शान्ति प्रक्रिया अगाडि बढेको स्मरण गरे। आफूले शान्ति प्रक्रियाका बेला र त्यसअघि केही त्रुटि गरेको स्वीकार गर्दै दाहालले भने, “गिरिजाप्रसादलाई नै राष्ट्रपति बनाउनुपर्ने थियो त्यो त्रुटि भएकै हो।” उनले कम्युनिष्टसँगको एकता र शान्ति प्रक्रियाका बेला क्यान्टोनमेन्टमा सेना पठाउने निर्णय ठीक समयको ठीक निर्णय भएको बताए।

सङ्घर्षका बेला शान्ति प्रक्रियामा नगई सम्भव छैन भनेर पर्खिरहँदा दरबार हत्याकाण्ड र ज्ञानेन्द्रको कर्मले मौका दिएको उनले स्मरण गरे।कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले शान्ति प्रक्रियाको केही भाग टुङ्ग्याउन अझै बाँकी रहेको उल्लेख गरे। अहिले हामी कतै चुकिरहेका त छैनौँ भन्ने आभाष भइरहेको भन्दै कोइरालाले दुई तिहाइको सरकारलेसमेत सुशासन दिन नसकेको जिकिर गरे।

उनले कर्मचारीलेभन्दा पहिले मन्त्री र राजनीतिकर्मीले भ्रष्टाचार गर्दिन भनेर शपथ खान आग्रह गरे। टिप्पणीकार प्राध्यापक कृष्ण खनाल र परराष्ट्रविद् रमेशनाथ पाण्डेले ‘अवतरण’ पुस्तकले सार्वजनिक नभएका धेरै कुरा समेटेको भन्दै द्वन्द्व, रुपान्तरण र एकतालाई सुन्दर ढङ्गले प्रस्तुत गरेको उल्लेख गरे।

२०७५ असोज २२ गते ४:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर