निर्मला हत्या प्रकरणः थप २ जना प्रहरी निलम्बनमा

आजको खबर   |    प्रकाशित : २०७५ असोज २२ गते ४:५६

काठमाडौं । निर्मला हत्याकाण्डलाई थप दुईजना प्रहरीलाई निलम्बन गरिएको छ। शव फेला परेपछि बिभिन्न तरिकाले अनुसन्धान गर्नुपर्ने हुँदा हुँदै पनि केही प्रहरीको मिलेमतोमा उक्त घटनाको ढाकछोप गर्ने निकै प्रयास भएको छ।

उक्त घटनामा प्रहरी प्रमुख डिल्ली विष्ट सहित ६ जनालाई यस अघि नै निलम्बन गरिसकेको छ। त्यसै घटनामा प्रहरी कै मिलेमतोमा निर्मलाको सुरुवाल पखाल्ने महिला प्रहरी चाँदनी साउँद र घटनास्थल अनुसन्धान (क्राइम सिन) गर्ने अधिकृत प्रहरी नायव निरीक्षक हरसिंह धामीलाई निलम्बन गरेको हो।

प्रहरी प्रवक्ता एसएसपी (प्रस्तावित डीआईजी) शैलेश थापा क्षेत्रीले एआइजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान टोलीले गरेको सिफारिसका आधारमा उनीहरुलाई निलम्बन गरिएको बताए।

चाँदनीले साउन ११ गते निर्मलाको शव भेटिएपछि उनले निर्मलाले लगाएको सुरुवाल खोलेर पखालेकी थिइन्। सुरुवाल पखाल्दा प्रमाण नष्ट गरिएको आरोप प्रहरीमाथि लागेको छ।

२०७५ असोज २२ गते ४:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर