माधव नेपालको असन्तुष्टि छिनोफानो गर्न नेकपामा स्थायी कमिटीको बैठक बोलाउने निर्णय

आजको खबर   |    प्रकाशित : २०७५ असोज २२ गते ९:०७

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ। वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीको पदाधिकारी चयन गर्ने सचिवालय बैठकको निर्णयप्रति असन्तुष्टि जनाएपछि त्यसलाई सम्बोधन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सोमबार बसेको सचिवालयले बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो।

प्रदेश कमिटीलाई पूर्णता दिने, जिल्ला कमिटी, जनवर्गीय संगठनलगायतका एकीकरण प्रक्रियालाई पूर्णता दिने गरी स्थायी समिति बैठक बोलाउने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

वरिष्ठ नेता नेपालले सचिवालय बैठकले प्रदेश कमिटीको पदाधिकारी चयन गरेकोमा आपत्ति जनाउँदै स्थायी समिति बैठक बोलाउन माग गरेका थिए। सोही असन्तुष्टिलाई समेत ध्यानमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी समिति बैठक बोलाउन लागिएको हो। स्थायी समिति बैठकको मिति र कार्यसूचि भने बुधबार विहान ८ बजे बस्ने सचिवालय बैठकले तय गर्नेछ।

बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको संयुक्त राष्ट्र संघ महासभा बैठक र कोष्टारिकाको भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष पनि निकालेको छ। अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण, वरिष्ठ नेता नेपालले घाना र चीनको भ्रमणबारे पनि बारे बैठकलाई जानकारी गराउनु भएको पनि प्रवक्ता श्रेष्ठले बताए। अव बस्ने स्थायी समिति बैठकमा सरकारको कामको पनि समिक्षा गर्ने प्रवक्ता श्रेष्ठले बताए।

२०७५ असोज २२ गते ९:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर