सरकारी जागिरका लागि परिचयपत्र त्यागेर प्रधानमन्त्रीलाई भेट्न आउँदै राउटे मुखिया

आजको खबर   |    प्रकाशित : २०७५ असोज २३ गते ०:४४

काठमाडौं । गत जेठमा दैलेखको गुराँस गाउँपालिकाले फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाती राउटेलाई अस्थायी परिचय पत्र दियो।

परिचय पत्र पाएपछि राउटे सो गाउँपालिकामा स्थायीरुपमा बस्ने अनुमान गरिएको थियो। तर, राउटे भने सो परिचय पत्र त्यागेर सुर्खेतको लेकबेसी गाउँपालिका पुगेका छन्। उनीहरुले परिचयपत्र घरमा राखेका कारण बाँदर नमारेकोसमेत विश्वास गर्दै परिचयपत्र नै त्यागे। राउटेलेहरु धामी, झाँक्री, टुनामुनामा र अपशकुन जस्ता विषयमा कट्टर विश्वास गर्छन्।

त्यही अन्धविश्वासका कारण उनीहरुले परिचयपत्रले गर्दा बाँदर नमरेको र भोकै बस्नुपरेको विश्वास गरे। अनि परिचयपत्र पनि त्यागे वासस्थान पनि परिवर्तन गरे। काठका भाँडाकुँडा बनाएर अनाजसँग साटेर गुजारा चलाउँदै आएका राउटेहरु विभिन्न एनजिओको कारण अहिले काठको कामसमेत गर्दैनन्। सरकारले दिने सामाजिक सुरक्षा भत्ता र एनजिओहरुले दिने सहयोगबाट उनीहरु गुजारा चलाउँछन्। र कहिलेकाही त चोरी पनि गर्छन्।

एनजिओहरुले रुपैयाँ दिएपछि उनीहरुमा नयाँ लत शुरु भएको छ, त्यो हो सरकारी निकायमा गएर पैँसा माग्ने अनि त्यहि पैसाले मदिरा सेवन गर्ने। एजिओले राउटेहरुलाई सहयोग गरेको दावी गरे पनि राउटेहरुको समस्या भने झन बढेका छन्। राउटे खेति गर्न मान्दैनन्, काठका काम गर्न अल्छि लागिसक्यो। अब उनीहरुको दैनिक गुजारा मागेर हुने गरेको छ।

हाल दैलेखकी सत्यदेवी अधिकारीको नेतृत्वमा गठन भएको एउटा संस्था छ राष्ट्रिय राउटे उत्थान प्रतिस्ठान। यो संस्थाले राउटेबारे गरिने सरकारी गतिविधिमा आफ्नो शेयर खोज्ने गरेको एक जानकार बताउँछन्।

यस्तै अर्को संस्था सामाजिक सेवा केन्द्रले भने विगत ४ महिनादेखि राउटेसँग सम्बन्धित काम गरिरहेको छ। दशैं आएसँगै पैंसाको जोहो गर्न राउटे मुखिया अन्य तीनजना राउटेसहित काठमाडौं आउँदैछन्। उनीहरु मंगलबार अबेरसम्म राजधानी पुग्ने बताइएको छ।

राउटे मुखिया हरीबहादुर शाही राजधानी आएर प्रधानमन्त्री केपी ओलीसँग भेट्ने बताइएको छ। राउटेहरु धेरै पटक राजधानी आएर प्रधानमन्त्रीलाई भेटिसकेका छन्।

२०७५ असोज २३ गते ०:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर