पूर्वराजा ज्ञानेन्द्र शाहका परिवार भारत जाँदै

आजको खबर   |    प्रकाशित : २०७५ असोज २३ गते २:३२

काठमाडौं। थाइल्यान्ड हुँदै श्रीलंका भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र परिवार भारतको धार्मिक भ्रमणमा सहभागी हुन भारतको महाराष्ट्र मुम्बई जाने कार्यक्रम तय भएको छ। उनी मुम्बईको वाधलापाडास्थित पद्मश्री सिद्धयोगपीठ गुरुधाममा घटस्थापना अर्थात् असोज २४ देखि कातिक १ गतेसम्म आयोजना हुने लक्ष्यचण्डी महायज्ञको प्रमुख अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन्।

भ्रमणमा उनीसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, प्रभु शमशेरसहितका परिवारले २८ गते मुम्बईको सो कार्यक्रममा प्रमुख अथितिका रुपमा सहभागिता जनाउनुनेछन्। पूर्वराजा ज्ञानेन्द्र २६ गते नै मुम्बई पुग्ने कार्यक्रम तय भएको छ। राहुलेश्वरानन्द महाराजले आयोजना गरेको महायज्ञमा सहभागी हुन नेपालको तर्फबाट राजावादी संघ संगठनका १ हजार प्रतिनिधि समेत भारत जाने भएका छन्। आयोजक समितिले नेपालबाट हजारौं धार्मिक कार्यकर्ता जुटाउन आग्रह गरेपछि शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतसहितको समूह लागिपरेका छन्।

बस्नेतलाई सहभागी जुटाउने जिम्मा दिइएको छ। शिवसेना नेपालका सल्लाहकारसमेत रहनुभएका राहुलेश्वरानन्दले करिब एक महिनाअघि ज्ञानेन्द्रलाई भेटेर प्रमुख अतिथिको निम्तो दिएका थिए। सोही निम्तो मान्न पूर्वराजाका परिवार भारत जान लागेका हुन्।

शिवसेना नेपालले नेपालीहरुको सहभागिताका लागि नेपालका विभिन्न स्थानबाट भारतको मुम्बईसम्म लैजाने र कार्यक्रममा सहभागिता गराउने जिम्मा लिएको छ। शिवसेना नेपाल मुम्बई सम्पर्क प्रमुख केवीजंग कुँवरले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न र कार्यक्रममा सहभागी हुन सार्वजनिक अपिल गरेका छन्। त्यसका लागि अध्यक्ष बस्नेतसहितको टोली भारत पुगिसकेको छ। नेपालबाट जाने एक हजार जनाको बन्दोबस्त शिवसेना नेपालले गर्नेछ।

युवा विश्व हिन्दु महासंघका अध्यक्ष राजन महर्जन, विश्वहिन्दु महासंघका पदाधिकारी, राप्रपाका दोस्रो पुस्ताका केही नेता कार्यकर्ता समेत मुम्बई जाने कार्यक्रम तय भएको छ। कोही गैसकेका छन् ,कोही भने जाने क्रममा रहेका छन–युवा विश्वहिन्दु महासंघका अध्यक्ष महर्जनले भने। उनका अनुसार नेपालको शिव सेनाले नेपालीलाई मुम्बइको कार्यक्रममा सहभागि गराउन जिम्मेवारी लिएको छ।

एक हजार एक सय ब्राम्हणले चन्डी पाठ गर्ने कार्यक्रम रहेको यज्ञमा एक हजार यज्ञ कुण्ड रहनेछन् । आयोजकले नेपालका विभिन्न धार्मिक निकायका प्रमुखलाई निम्तो दिएको छ । यज्ञमा दादा गुरुदेव स्वामी सच्चिदानन्द, परमहंस स्वामी निखिलेश्वरानन्दलगायतका भारतका चर्चित गुरुहरुको सहभागिता रहेको छ। कार्यक्रममा भारतमा बस्ने अधिकांश नेपालीलाई निम्तो दिइएको छ । २६ गते महायज्ञको कार्यक्रममा सहभागी भएपछि पुर्वराजाले नेपालबाट गएका नेपालीलाई भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

कार्यक्रममा सहभागी हुन तीनैवटा राप्रपाका दोस्रो दर्जाका नेतासँग पनि भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ। शिवसेना नेपालले भारतमा रहेका नेपालीले सबै नेपालीलाई यज्ञ स्थलमा आउन व्यापक प्रचार गरेको छ। यज्ञको कार्यक्रम सकेलगत्तै ज्ञानेन्द्र परिवार केही दिनको दिल्ली बसाइपछि नेपाल फर्कने कार्यक्रम रहेको छ। भारतभ्रमण सकेलगत्तै फूलपातिका दिन नेपाल फर्कने कार्यक्रम रहेको छ । नेपाल फर्केलगत्तै महाअष्टमीको दिन पूर्वराजाका परिवार शक्तिपीठमा पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ। नेपाल समाचारपत्र दैनिक

२०७५ असोज २३ गते २:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर