आइसिसी विश्व टी–२० छनोट : भुटानलाई दियो नेपालले १५१ रनको लक्ष्य

आजको खबर   |    प्रकाशित : २०७५ असोज २३ गते ३:४५

काठमाडौँ । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा नेपालले भुटानलाई १५१ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले व्याटिङ गरेको नेपालले पुरै ओभरको खेलमा ४ विकेट गुमाउँदै १५० रन बनाएको हो।

नेपालका लागि सबैभन्दा बढी प्रदिप ऐरीले (अटआउट) ७५ रन बनाए। उनले २ छक्का र ४ चौँकाको सहयोगमा ७५ रनको योगदान गरेका हुन्। त्यस्तै अनिल कुमार शाहले २७ रन, आरिफ शेखले १३, दिलिप कुमार ऐरीले १५ र करण केसीले (नटआउट) ११ रनको योगदान गरे।

त्यस्तै फिल्डिङमा रहेको भुटानका लागि थिन्ली जाम्सो, सन्जिभ गुरुङ, जिग्मे सिङगे, रमेश लिम्बुले १/१ विकेट लिएका लिए।

यसअघिका तीन खेलमा लगातार जित निकालेले चौँथो जित पनि निकाल्ने दाउमा छ।

यसअघि नेपालले म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ। असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।

राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन्।

२०७५ असोज २३ गते ३:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर