टी–२० विश्वकप छनोट : भुटानमाथि नेपालको सानदार जित

आजको खबर   |    प्रकाशित : २०७५ असोज २३ गते ५:०४

काठमाडौं । टी–२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले भुटानमाथि सानदार जित हात पारेको छ।

नेपालले भुटानलाई ११७ रनको फराकिलो जित हात पारेको हो। १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाएको थियो।

भुटानलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने, ललितनारायण राजवंशीले समान ३÷३ विकेट लिए। बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक÷एक विकट लिए ।

यसअघि मलेसियाको युकेएम क्रिकेट ओभलमा पहिले ब्याटिङ गरेको नेपालले ओपनर प्रदिप ऐरीको शानदार उत्कृष्ट पारीसँगै २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको थियो।

दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका अनिल २७ रनमा आउट भए। आरिफ शेखले १३ रन जोडे। ऐरी ७५ र करण केसी ११ रनमा अविजित रहे। ६८ बलको सामना गरेको प्रदीपले ६ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाएका थिए।

२०७५ असोज २३ गते ५:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर