मन्त्री अर्याल भन्छिन्, ‘छिटो कार्यसम्पादन गर्न ‘सरलीकृति फारम’को व्यवस्था गरेका छौं’

आजको खबर   |    प्रकाशित : २०७५ असोज २३ गते ७:३३

काठमाडौं। सरकारले भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सेवाग्राहीको कामलाई सहज बनाउन ‘सरलीकृत फारम’ को व्यवस्था गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्य्मा अर्यालले बताएकी छन्।

भूमिसम्बन्धि सेवाग्राहीको कामलाई सहज, सुलभ र पाददर्शी बनाउने उद्देश्यले सरकारले मंगलबारबाट भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सरलीकृत फारम सेवा शुभारम्भ गरेको हो।

ललितपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा एक कार्यक्रमकाबीच सो सेवाको शुभारम्भ गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले जनतालाई सहज, सुलभ र पारदर्शी ढंगले भूमिसम्बन्धि सेवा उपलब्ध गराउन सो सेवाको पनि शुभारम्भ गर्नु परेको जानकारी दिइन्।

३४ वटा भूमि सुधार तथा मालपोत कार्यालयहरुमा एकसाथ शुभारम्भ गरिएको सो सरलीकृत फारम सामान्य नागरिकले पनि भर्न सक्ने गरी व्यवस्था गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए। मन्त्रालयले एक वर्ष भित्र १ सय ५ वटै भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सो सरलीकृत फारमको व्यवस्था गर्न लागिएको जनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले एक वर्ष भित्र सबै भूमि सुधार तथा मालपोत कार्यालयहरुमा अनलाईन सेवा संचालनमा ल्याउने महत्वकांक्षी योजना यस अघि नै सार्वजनिक गरिसकेको छ।

२०७५ असोज २३ गते ७:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर