दैनिक उपभोग्य वस्तुको मुल्य निर्धारण गर्न सरकारलाई निर्देशन

आजको खबर   |    प्रकाशित : २०७५ असोज २३ गते ११:१८

काठमाडौं । संसदीय समितिले दशै तिहार छठ चाडपर्व भन्दा कम्तीमा दुई महिना अघि नै दैनिक उपभोग्य बस्तुको मूल्य नियन्त्रण गर्ने प्रणालीका लागी आवश्यक कानुन निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधीसभा अन्तर्गतको अर्थ समितिले चाडपर्वमा हुने अस्वभाविक मूल्यबृद्धिले सर्वसाधारण आक्रान्त बनेको भन्दै चाडपर्व भन्दा कम्तीमा दुई महिना अघि नै दैनिक उपभोग्य बस्तुको मूल्य नियन्त्रण गर्ने प्रणालीका लागी आवश्यक कानुन निर्माण गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।

त्यस्तै बैठकले चाडपर्वलाई लक्षित गरि स्थापना गरिएको सुपथ मूलय पसलको दायरा बढाउन पनि सरकारलाई निर्देशन दिएको छ भने समयमा नै गुणस्तरिय तथा सुपथ मुल्यमा उपभोग्य बस्तुको आपुर्ति र बिक्रिवितरणको व्यवस्था मिलाउन अर्थमन्त्रालयलाई निर्देशन दिईएको समिति सभापति कृष्ण प्रसाद दाहालले जानकारी दिए ।

त्यस्तै बैठकमा समितिको आगामी कार्ययोजनाका बारेमा पनि छलफल भएको थियो । समितिमा प्रस्तुत आगामी कार्ययोजनालाई पूर्णता दिन समिति सचिवालयलाई निर्देशन दिईएको सभापति दाहालले बताए । बैठकमा राजस्व अनुसन्धानका बारेमा पनि छलफल भएको थियो।

२०७५ असोज २३ गते ११:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर