रामवीर मानन्धरले राजीनामा दिए, चम्कियो वामदेवको भाग्य

आजको खबर   |    प्रकाशित : २०७५ असोज २३ गते १२:५६

काठमाडौं । नेकपाका सांसद रामवीर मानन्धरले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे मानन्धरले आफूले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिइसकेको र राजीनामा पार्टीले स्वीकृत गरेपछि संसद सचिवालयमा बुझाईने बताए ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा मानन्धर काठमाडौं ७ बाट विजयी भएका थिए । पार्टीकै सचिवालय सदस्य वामदेव गौतमले प्रतिनिधिसभा सदस्य बन्ने इच्छा गरेपछि मानन्धरले राजीनामा दिएका हुन।

उनले बामदेव गौतम पुराना नेता भएको भन्दै पार्टी एकता गर्न भूमिका खेलेको नेता समेत भएकाले सांसदमा आउनु राम्रो हुने धारणा राखे । अहिले राजनीतिक स्थायित्व चाहिएको भन्दै उनले त्यसका लागी आधार चाहिने र आवश्यक मान्छेको खोजि हुनु स्वभाविक भएको टिप्पणी गरे।

उनले राजीनामाका लागी आफुले कुनै सर्त नराखेको तर्क गर्दे पार्टीले जुन जिम्मेवारी दिएपनि स्वीकार गर्ने धारणा राखे। मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमका लागि बाटो खुलेको छ ।

उक्त क्षेत्रबाट उपचुनावमा बर्दिया १ बाट पराजित नेता गौतमलाई उठाउने तयारी छ । गौतमले केही महिनायता आफूलाई सांसद बनाउन सचिवालय बैठकमा निरन्तर छलफल गराईरहेका छन् ।

२०७५ असोज २३ गते १२:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर