नेकपाका पोलिटब्युरो सदस्य ओम प्रकाश भन्छन्, ‘जुनसुकै बेला पनि हतियार उठाउन सक्छौं’ (भिडियो कुराकानी)

आजको खबर   |    प्रकाशित : २०७५ असोज २४ गते ०:४६

काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओम प्रकाश पुनले सरकारले वार्ता नै गर्न नचाहेको जिकिर गरेका छन्।

वार्ता गर्नको लागि भनेर सरकारले समिति गठन गरेको भनेपनि प्रचार मात्र गरेको टिप्पणी गरे । नेकपाका नेता कार्यकर्ता गिरफ्तार हुने क्रम जारी गरहेको उनले बताए।

क्रान्तिकारी युवा नेता पुनले समस्या समाधान तर्फ सबै नलागे आगामी दिनमा बन्दुक समेत पड्कन सक्ने चेतावनी दिएका छन्। गृहप्रशासनको झुटा मुद्दामा ९३ दिनको लामो जेल बसाइ पछि केहि दिन अघि मात्र रिहा भएका नेता पुनले गृहमन्त्री राम बहादुर थापा बादल नभएर हुस्सु भएको बताए।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कहिले अरिङ्गाल त कहिले माहुरी बन्ने सत्तारुढ नेकपाका नेताकार्यकर्तालाई नेता पुनले झिँगाको संज्ञा दिए । समसामयिक राजनितीका बिषयमा केन्द्रित नेता पुन सँगको संवाद यस्तो छ।

(भिडियो कुराकानी)

२०७५ असोज २४ गते ०:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर