रामवीर मानन्धरले ५ करोड पाएपछि सांसद पद त्यागेको खुलासा

आजको खबर   |    प्रकाशित : २०७५ असोज २४ गते ०:५९

काठमाडौं । वामदेव गौतमलाई सांसद बनाउँनकै लागि काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव जितेका नेकपाकै सांसद रामवीर मानन्धरले ठाउँ छोडिदिए पछि विभिन्न कुरा बाहिरिएका हुन् ।

वामदेवकै लागि ठाँउ छोड्नुको पछाडि नेकपाको दबाब रहेको जानकारहरुको भनाई छ भने अर्को सनसनीपूर्ण खबर पैसाको लेनदेन भएको भन्ने बाहिरिएको छ।

बामदेव गौतम निकट मानिने दिपक भट्टले रामवीरलाई ५ करोड रुपैयाँ दिएको बताइएको छ। यद्यपी मंगलबार पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका रामवीरले बामदेव गौतम जस्तो नेता संसदमा चाहिने भन्दै आफूले ठाउँ छोडिदिएको दाबी गरेका थिए।

२०७५ असोज २४ गते ०:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर