वामदेवको चुनावी चर्चाबारे झलनाथले भने, हारेका सबैलाई फेरि चुनाव गरेर जिताउने ?

आजको खबर   |    प्रकाशित : २०७५ असोज २४ गते १२:५५

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका वरिष्ट नेता झलनाथ खनालले काठमाडौँ क्षेत्र नम्बर सातका सांसद रामवीर मानन्धरले दिएको राजिनामा बारे पार्टीले निर्णय गर्न बाँकी रहेको बताएका छन्।

पत्रकार ऋषि धमलाले सञ्चालन गर्ने नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बसहको कुराकानीमा खनालले यस्तो बताएका हुन्। अर्का नेता बामदेव गौतमलाई चुनाव लडाउनकै लागि मानन्धरको राजीनामा आएपछि नेता खनालको पछिल्लो भनाई सार्वजनिक भएको हो।

सचिवालय बैठकमा रामवीर मानन्धरले राजिनामा पत्र पठाएको भन्दै उनले आन्तरिक छलफल भइरहको बताए। राजिनामा स्वीकृत गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको उनको प्रक्रिया छ।

उपनिर्वाचनमा बामदेव गौतमले चुनाव लड्ने नलड्ने बारे पनि निर्णय नभएको उनले स्पष्ट पारेका छन् । उनले भने , मानन्धरले भने जस्तै संसदमा गौतमको आवश्यकता त किन छैन रु भन्ने प्रश्नमा उनले भने पार्टीका सबै नेताहरुको आवश्यकता हुन्छ । नारायणकाजी श्रेष्ठको आवश्यकता छ। जति साथीहरुले चुनाव हार्नुभयो सबैको आवश्यकता छ।

२०७५ असोज २४ गते १२:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर