दशैँ मान्न घर फर्किँदै गरेका ३ यात्रु बसमै लुटिए, घर आयो अझै होस् आएन

आजको खबर   |    प्रकाशित : २०७५ असोज २४ गते १४:१७

मन्थली, रामेछाप । मंगलबार काँकडभित्ताबाट रामेछाप आएको एक रात्रिबसमा ३ जना यात्रु बेहोस् अवस्थामा फेला परेका छन्। हिजो काँकटभिट्टाबाट हिँडेको ना ६ ख २५३३ नम्बरको बस आज बिहान मन्थली आईपुग्दा दोलखाको वतेश्वर गाउँपालिका वडा नम्बर ५ घर भएका ३ जना यात्रु बेहोस् अवस्थामा फेला परेका हुन्।

बेहोस अवस्थामा फेला पर्नेमा वैतेश्वर ५ का बर्ष ६५ का शम्भु दाहाल, ३८ बर्षका शम्भु क्षेत्री र वर्ष २२ का मनिष थामी रहेको प्रहरीले जनाएको छ।

अहिले उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ। भारतमा रोजगारी गरी दसैं तिहार मनाउन घर आउँदै गरेका उनीहरुलाई बेहोस् बनाएर लुटिएको प्रहरीको अनुमान छ।

२०७५ असोज २४ गते १४:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर